काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले अखिल नेपाल फुटबल संघ (एन्फा) लाई तीन महिनाको लागि निलम्बन गरेको छ ।
राखेपको कार्यकारी समितिको बुधबार बसेको वैठकले राखेपको स्वीकृति नलिई निर्वाचन नगर्न पटक-पटकको निर्देशन पालना नगरेको भन्दै राखेपले सोधेको स्पष्टीकरणपछि कारबाही गर्दै तीन महिनाको लागि निलम्बन गरेको हो ।
राखेपले भएन्फाले आफूलाई स्वायत्त संस्थाको रूपमा परिभाषित गरी परिषद्बाट माग गरिएबमोजिम चित्तबुझ्दो जवाफ नदिएको बताएको छ ।









