• २०८१ बैशाख ७ शुक्रबार

‘विप्लव’ नेतृत्वको माओवादी प्रवक्ता खड्गबहादुर विश्वकर्मा पक्राउ 

kharibot

काठमाडौँ।  नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्व नेपाल कम्युनिष्ट पार्टी (माओवादी) का प्रवक्ता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’लाई प्रहरीले पक्राउ गरेको छ।

उनलाई बुधबार दिउँसो काठमाडौंको चाल्नाखेलबाट पक्राउ गरेको हो ।

गत वर्ष स्थानीय र आमचुनावमा विभिन्न स्थानमा हिंसा भड्काएको र चन्दा असुली गरेको उजुरीको अनुसन्धान गर्न उनलाई पक्राउ गरिएको हो। 

उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीसँगै स्वकिय सचिव मनबहादुर श्रेष्ठ र चालक हरिशचन्द्र आचार्य पनि पक्राउ परेका छन्।

तत्कालीन माओवादी पार्टीका पोलिटब्युरो सदस्य रहेका विश्वकर्मा पूर्वमन्त्री समेत हुन्। 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै