• २०८३ बैशाख १८ शुक्रबार

बुद्ध एयरले गर्यो एटिआर ७२-५०० विमानको बिदाई

बुद्ध एयरले गर्यो एटिआर ७२-५०० विमानको बिदाई

काठमाडौँ । बुद्ध एयरले आफ्नो एटिआर ७२-५०० विमानलाई लामो सेवापछि औपचारिक रूपमा अवकाश दिएको जनाएको छ ।

कम्पनीका अनुसार ९ एन-एजेओ दर्ता भएको उक्त विमानले करिब ७० हजार उडान चक्र पूरा गरेपछि सेवा समाप्त गरेको हो । यो विमान विश्वमै प्रारम्भिक रूपमा अवकाश लिने एटिआर ७२-५०० विमानमध्ये एक बनेको बुद्ध एयरले जनाएको छ।

बुद्ध एयरका अनुसार उक्त विमानले नेपालभित्र तथा बाहिरका आकाशमा हजारौँ यात्राको अनुभव सँगाल्दै यात्रुहरूलाई सेवा दिएको थियो । लामो समयसम्म सेवा दिँदै कम्पनीको यात्रामा महत्वपूर्ण योगदान पुर्‍याएको विमानले अब औपचारिक रूपमा आकाशलाई विदाइ दिएको जनाइएको छ ।

कम्पनीले उक्त विमानलाई बुद्ध एयर परिवारको विशेष सदस्यका रूपमा सधैँ सम्झिरहने पनि जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै