काठमाडौँ । प्यूठानमा नेपाली काँग्रेसका उम्मेदवार डा. गोविन्द राज पोखरेलले अग्रता लिएका छन् ।
मत गणनाको पछिल्लो अपडेट अनुसार काँग्रेसका पोखरेलले २२६२ मत प्राप्त गरेका छन् । त्यस्तै रास्वपाका सुशान्त वैदिकले १७१५ मत प्राप्त गरेका छन् भने एमालेका सुर्य थापाले ६८७ मत पाएका छन् । त्यस्तै नेकपाका कृष्णध्वज खड्काले ४०७ मत प्राप्त गरेका छन् ।









