• २०८३ बैशाख २५ शुक्रबार

रास्वपा प्युठान नगर सदस्य गैरे एमालेमा प्रवेश

रास्वपा प्युठान नगर सदस्य गैरे एमालेमा प्रवेश

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्युठान नगर सदस्य सूर्यबहादुर गैरेले पार्टी परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गरेका छन् ।

एमाले जिल्ला अध्यक्ष विजयविराज विष्टका अनुसार गैरेले औपचारिक रूपमा पार्टी परिवर्तन गरी एमाले रोजेका हुन् । उनलाई एमाले केन्द्रीय सदस्य तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार सुर्य थापाले स्वागत गरेका थिए ।

रास्वपा सभापति रवि लामिछाने प्युठान पुगेको भोलिपल्ट नै गैरेले पार्टी त्याग गरेको जनाइएको छ । पार्टी परित्यागको कारणबारे बोल्दै गैरेले नेपाल र नेपालीको आत्मस्वाभिमान तथा ऐतिहासिक सम्पदासँग जोडिएका विषयलाई उठाएका छन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै