• २०८२ फाल्गुण १० आइतबार

बलिवुड अभिनेता शत्रुघ्न सिन्हाको 'व्यक्तित्व अधिकार' अदालतबाट सुरक्षित

kharibot

काठमाडौँ । बलिवुड अभिनेता शत्रुघ्न सिन्हाले आफ्नो व्यक्तित्व अधिकारको बारेमा बम्बई उच्च अदालतबाट राहत पाएका छन् ।

अभिनेताको प्रसिद्ध संवाद, 'खामोश' दशकौं पछि पनि प्रशंसकहरूको मनपर्ने संवादमा पर्दछ । अब अदालतले 'खामोश' संवाद शत्रुघ्न सिन्हाको व्यक्तित्वसँग विशिष्ट रूपमा सम्बन्धित रहेको ब्याख्या गरेको छ । अदालतले उनको सहमति बिना अनलाइन सामग्रीको लागि उनको नाम, छवि र अन्य व्यक्तिगत सामानहरू प्रयोग गर्न पनि निषेध गरेको छ ।

उच्च अदालतले आफ्नो एउटा फिल्ममा आफ्नो अनौठो र विशिष्ट शैलीमा दिएको संवाद केवल उनको व्यक्तित्वसँग सम्बन्धित छ भनेर प्रमाणित गर्न आवश्यक नरहेको बताएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

शत्रुघ्न सिन्हाले हालै अदालतमा निवेदन दायर गरेका थिए । अदालतले सबै वेबसाइटहरू र सामाजिक सञ्जाल प्लेटफर्महरूलाई यस्तो सामग्री हटाउन निर्देशन दिएको थियो । साथै भविष्यमा अनुमति बिना यस्तो सामग्रीको प्रयोग गर्न पनि निषेध गरिएको छ ।

शत्रुघ्न सिन्हाका वकिल, हिरेन कमोदले अभिनेताको नाम, छवि र उनको प्रसिद्ध पंचलाइन, 'खामोश' को अनधिकृत प्रयोगको विरुद्धमा स्थायी निषेधाज्ञाको माग गर्दै निवेदन दायर गरे जसले गर्दा उनको व्यक्तित्व अधिकारको रक्षा भएको बताएका छन् ।

यसअघि बलिवुडका काजोल, अमिताभ बच्चन, ऐश्वर्या राय बच्चन, नागार्जुन, अजय देवगण, अनिल कपूर र अभिषेक बच्चनले आफ्नो व्यक्तित्व अधिकारको सम्बन्धमा अदालतबाट सुरक्षा पाएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै