• २०८३ जेठ ९ शनिबार

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

जावलाखेल युथ क्लब आहा रारा पोखरा गोल्डकपको फाइनलमा

पोखरा । जावलाखेल युथ क्लब २५औँ आहा रारा पोखरा गोल्डकपको फाइनलमा पुगेको छ ।

विहिबार सम्पन्न दोस्रो सेमिफाइनलमा जावलाखेल युथ क्लबले उज्बेकिस्तानको एभिए फुटबल क्लबलाई १- ० गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको हो ।

जावलाखेलको जितमा खेलको ५२औं मिनेटमा एभिएका खुसान जानीजानोभले गरेको आत्मघाती गोल खेलको निर्णायक गोल बनेको थियो ।  दुवै टोलीले आक्रामक खेल प्रदर्शन गरे पनि एभिए क्लबले बराबरी गोल फर्काउन सकेन ।

यस जितसँगै जावलाखेलले उपाधि नजिक पुगेको छ। अब उपाधिका लागि जावलाखेलले सहारा क्लबसँग प्रतिस्पर्धा गर्नेछ ।

फाइनल खेल यही शनिबार फागुन ९ गते (२१ फेब्रुअरी) आयोजना हुने आयोजकले जनाएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै