• २०८३ बैशाख १९ शनिबार

महिला एशिया कप राइजिंग स्टार्स: नेपालले आज युएईविरुद्ध खेल्दै

महिला एशिया कप राइजिंग स्टार्स: नेपालले आज युएईविरुद्ध खेल्दै

काठमाडौँ । महिला क्रिकेट एशिया कप राइजिंग स्टार्स प्रतियोगितामा आज नेपाल युएईसँग खेल्दैछ । थाइल्याण्डमा हुने यो खेल नेपाली समय अनुसार बिहान ८: १५ बजेदेखि शुरु हुदैछ ।

नेपालले यसअघि शुक्रबार पहिलो खेलमा पाकिस्तान ए सँग ३० रनले पराजित भएको थियो । 

नेपाल क्रिकेट संघ (क्यान) ले यस प्रतियोगिताका लागि पुजा महतोको कप्तानीमा १५ सदस्यीय नेपाली टिम थाइल्याण्ड पुगेको छ । नियमित कप्तान घाइते भएपछि पुजाले पहिलो पटक नेपाली सिनियर टिमको कप्तानी गर्ने भएकी छन् । नेपाली टिममा पुजा महतो (कप्तान), बिन्दु रावल, सम्झना खड्का, रुबी पोदार, रुबिना क्षेत्री, कविता जोशी, कविता कुँवर, सिता राना मगर, रिया शर्मा, रोमा थापा, सुमन बिष्ट, अनु कडायत, मनिषा उपाध्याय, काजल श्रेष्ठ र सीमा केसी रहेका छन् ।

नेपालले अब तेस्रो फेब्रुअरी १७ मा भारत ए सँग खेल्ने तालिका रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै