काठमाडौँ । पाकिस्तानले जारी टी-२० विश्वकपमा लगातार दोस्रो जित हासिल गरेको छ । मंगलबार राति सम्पन्न खेलमा पाकिस्तानले अमेरिकालाई ३२ रनले पराजित गरको हो ।
श्रीलंकाको कोलम्बोमा सम्पन्न समुह ए अन्तर्गतको यस खेलमा पाकिस्तानले दिएको १९१ रनको लक्ष्य पछाएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाउदै १५८ रन बनाएको थियो ।
अमेरिकाका लागि शुभम रान्जानेले सर्बाधिक ५१ रन बनाए भने शयान जहागिरले ४९ रन बनाएका थिए । त्यस्तै पाकिस्तानका बलर उसमान तारिक र शडब खानले २ विकेट लिएका थिए ।
यसअघि टस हारेर पहिला ब्याटिंग गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाउदै १९० रन बनाएको थियो । पाकिस्तानका लागि साहीबजादा फरहानले सर्बाधिक ७३ रन बनाए भने बाबर आजमले ४६ रन बनाएका थिए । त्यस्तै अमेरिकाका बलर शाडली भ्यान शाल्कविकले ४ विकेट लिएका थिए ।
यो खेलपछि अब पाकिस्तानले अर्को खेल आगामी आइतबार भारतसँग खेल्ने छ भने अमेरिकाले पनि आइतबार नै नामिबियाको सामना गर्ने छ ।









