• २०८३ बैशाख २० आइतबार

काँग्रेसले आरजुलाई कैलालीबाट दिएन टिकट

काँग्रेसले आरजुलाई कैलालीबाट दिएन टिकट

काठमाडौँ । नेपाली काँग्रेसले कैलालीबाट डा. आरजु राणा देउवालाई टिकट नदिने भएको छ ।

काँग्रेस सभापति गगन थापा नेतृत्वको संसदीय बोर्डले कैलालीका सबै पाँच क्षेत्रको उम्मेदवार टुंगाएको हो । जस अनुसार कैलाली-१ मा जनकराज चौधरी, कैलाली- २ मा विजय स्वाँर, कैलाली- ३ मा भीम बडुवाल, कैलाली- ४ मा वीरबहादुर बलायर र कैलाली- ५ बाट नारायण शाह उम्मेदवार बनेका छन् ।

आरजु कैलाली-५ बाट शाहसहित डिल्लीराज पन्त र नृपबहादुर ओडसँग सिफारिसमा रहेकी थिइन् । तर काँग्रेसले आरजुलाई टिकट नदिएर शाहलाई दिएको छ ।

शाह काँग्रेसको सुदूरपश्चिम प्रदेश कार्यसमितिका महामन्त्री तथा कैलालीका पूर्व जिल्ला सभापति समेत हुन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै