• २०८३ बैशाख २५ शुक्रबार

जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

जन्मथलो दार्जिलिङमा प्रशान्त तामाङको अन्त्येष्टि

काठमाडौँ । गायक तथा अभिनेता प्रशान्त तामाङको मंगलबार अन्त्येष्टि गरिएको छ । प्रशान्तको जन्मथलो दार्जिलिङको आलुबारीमा तिब्बती बौद्ध परम्पराअनुसार मंगलबार अन्त्यष्टि गरिएको हो । 

प्रशान्तको पार्थिव शरीरलाई सोमबार अन्त्येष्टिका लागि जन्मथलो दार्जिलिङ पुर्‍याइएको थियो । उनको अन्त्येष्टिमा सयौँको सङ्ख्यामा नेपाली भाषीको उपस्थिति रहेको थियो ।

४३ वर्षको उमेरमा प्रशान्तको आइतबार दिल्लीस्थित आफ्नै निवासमा हृदयघातबाट निधन भएको थियो । 

सन् २००७ मा  भारतीय रियालिटी शो ‘इन्डियन आइडल’ को तेस्रो सिजनका विजेता बनेपछि प्रशान्त लोकप्रिय बनेका थिए । पहिलो पटक नेपाली मुलका गायक इण्डियन आइडलमा गएको भन्दै उनलाई जिताउन नेपालमा पनि अभियाननै चलाइएको थियो ।

कोलकोता प्रहरीका जागिरे रहेका प्रशान्त इन्डियन आइडल जितेपछि जागिर छोडेर गायन र अभिनयमा केन्द्रित बनेका थिए । उनले ‘गोर्खा पल्टन’, ‘परदेशी’, ‘परदेशी २’ लगायतला नेपाली फिल्म अभिनय गरेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै