• २०८२ माघ ५ सोमबार

रास्वपा-कुलमान अलग भएकोप्रति महावीर पुनको असन्तुष्टि, ढंग नपुगेको टिप्पणी !

kharibot

काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले बालेन शाह र रवि लामिछानेप्रति इंगित गरेर ढंग नपुराएको भन्दै असन्तुष्टि व्यक्त गरेका छन् । 

सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले युवा नेता भाईहरु किन तानातान गरी रहेको भन्दै यो पुरानै वृद्ध नेताहरुको जस्तै पारा भएको टिप्पणी गरेका छन् । पुनले यो फुटेर होइन जुटेर नगई नहुने समय भएको भन्दै आफ्नो खुट्टामा आफैले बन्चरो नहान्न आग्रह गरेका छन् ।

पुनले रास्वपा र कुलमानको सहमति भंग भएकोप्रति संकेत गरेका छन् । उनले मिलेर काम गर्न भन्दै यस्तै पारा हो भने आफु अगाडि बढ्ने चेतावनी पनि दिएका छन् ।

उनले भनेका छन्: प्रधानमन्त्री पदको ढंग पटक्कै आएन हाउ लागि युवा नेता भाईहरु किन तानातान गरी रहेका छौ हाऊ लाखे ? त्यो ता पुरानै वृद्ध नेताहरुको जस्तै पारा भयो नि । आफ्नो खुट्टामा आफैले बन्चरो नहानुम् त । यो भनेको फुटेर होइन जुटेर नगई नहुने समय हो । तिमीहरुको यस्तै पारा हो भने म अगाडि बढ्ने छु। लौ मिलेर काम गर त भाईहरु ।


   
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै