• २०८२ माघ ५ सोमबार

अन्नपूर्ण केवकारमा आपतकालिन रेस्क्यू उद्धार अभ्यास सम्पन्न

kharibot

पोखरा ।  कास्कीको पोखरा महानगरपालिका–१८ साराङककोटस्थित सिमतालमा केवुलकार आपतकालिन रेस्क्यु उद्धार अभ्यास सम्पन्न भएको छ ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर २४ कालिका गण कास्की र अन्नपूर्ण केवकार प्रालि लिमिटेडको सहकार्यमा केबलकार आपतकालिन उद्धार अभ्यास गरिएको हो ।

केवलकार संचालनको क्रममा आईपर्नसक्ने सम्भावित आपतकालीन अवस्थाहरुमा यात्रुहरुको जीवन तथा सुरक्षालाई प्राथमिकतामा राखी कसरी सुरक्षित, छिटो र प्रभावकारी उद्धार गर्न सकिन्छ भन्ने अभिप्रायकासाथ सो उद्धार अभ्यास संचालन गरिएको हो ।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको सो अभ्यास कार्यक्रममा मादी गाउँपालिकाका अध्यक्ष देवीजंग गुरुङ्ग, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा, सशस्त्र प्रहरी बल नेपाल नं. ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्कीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक दीपेन्द्र शाह लगायत जिल्लास्थित सुरक्षा निकायका प्रमुख, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय भद्रभलाद्मी तथा संचारकर्मीहरुको समेत उपस्थिती रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै