• २०८२ माघ ५ सोमबार

बयान फेर्ने दुई जनाविरुद्ध मुद्धा दायर

kharibot

काठमाडौँ । कैलालीको चुरे गाउँपालिका-६ बस्ने प्रेम सिंह ठगुन्ना र गोदावारी नगरपालिका-२  बस्ने प्रेम किसन सिंह साउदविरुद्ध बयान फेरेको आरोपमा मुद्धा दायर गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले वन अधिकृत पूर्ण शंकर यादवले ७ लाख ३१ हजार घुस लिएको आरोपमा विशेष अदालतमा रहेको मुद्धाको विषयमा साक्षीको रुपमा रहेका ठगुन्ना र साउदले अनुसन्धान अधिकृत गरेको बकपत्र प्रतिकुल बयान दिएपछि दुवैविरुद्ध विशेष अदालत काठमाडौँमा मुद्धा दायर भएको जानकारी दिएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै