• २०८२ पौष २२ मंगलबार

समानुपातिक सूचीप्रति राप्रपामा असन्तुष्टि, सच्याउन माग

kharibot

काठमाडौँ । राप्रपाको समानुपातिक सूचीप्रति आन्तरिक विवाद बढेको छ ।

समानुपातिक सुचिमा पछाडी परेका नेतालाई फेरी पनि बेवास्ता गरिएको भन्दै असन्तुष्टि बढेको हो । राप्रपाले बुझाएको समानुपातिक सूचीमा वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङ श्रीमती तथा राप्रपा महिला संगठनकी नेता सरस्वती लामाको नाम राखिएको प्रति विवाद भएको छ ।

राप्रपाका प्रवक्ता समेत रहेका ज्ञानेन्द्र शाहीले सामाजिक सञ्जालबाटै समानुपातिकको सूची सच्याउन आग्रह गर्दै पार्टीले थ्रेसहोल्ड कटाएन भने के हुन्छ भन्दै नेतृत्वलाई चेतावनी नै दिएका छन् । 

उनले नेताका श्रीमती र अवसरका लागि पार्टी छोडेकालाई  प्रमुख स्थानमा राखिनु दुर्भाग्य भएको उल्लेख गरेका छन् । उनले भनेका छन्- 'राप्रपा भित्रका समानुपातिक सूचीको लिस्ट सच्याउन बेलैमा अनुरोध गर्दछु सच्याउने अझै समय छ नेताका श्रीमती र अवसरका लागि पार्टी छोडेकालाई प्रमुख स्थानमा राखिनु दुर्भाग्य हो सामानुपातिक व्यवस्था भनेको सम्पन्नका लागि होइन बिपन्नको लागि हो यसको दुरुपयोग नगर्न सबैलाई अनुरोध गर्दछु । यस्ता गतिविधिले तपाईंहरुको परिवार त बन्ला तर पार्टी बन्दैन यदि पार्टीले थ्रेसहोल्ड कटाएन भने हालत के हुन्छ बेलैमा सोच्नुहोस ।'

त्यसैगरी हालै एकता भएको राप्रपा नेपालतर्फका नेताहरुलाई पनि समानुपातिकमा नसमेटिएको भन्दै असन्तुष्टि बढेको छ । राप्रपा नेपालले दिएको सूचीलाई बेवास्ता गरिएको आरोप लगाइएको छ । स्रोतका अनुसार राप्रपा नेपालले कमल थापासहित करिब ४० जनाको नाम दिएपनि समानुपातिकको सूचीमा कमल थापालाई राखिएको छैन भने राप्रपा नेपालका राखिएका नाम पनि पुछारमा राखिएको बताइएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै