• २०८३ बैशाख ८ मंगलबार

समानुपातिक सुची बारे चर्को आलोचनापछि रास्वपाले भन्यो- त्रुटी देखिएमा सच्याउछौं

समानुपातिक सुची बारे चर्को आलोचनापछि रास्वपाले भन्यो- त्रुटी देखिएमा सच्याउछौं

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा पेश गरेको समानुपातिकको सूची बारे चर्को विरोध भएपछि त्रुटी देखिए सच्याउने बताएको छ ।

पार्टी सचिवालयको नाममा विज्ञप्ति जारी गर्दै रास्वपाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि राष्ट्रिय स्वतन्त्र पार्टीले निर्वाचन आयोगमा पेश गरेको समानुपातिक बन्दसूचीका सम्बन्धमा विभिन्न सरोकारवालाहरुबाट प्राप्त भएका प्रतिक्रिया र सुझावहरुप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

आयोगले समय अभावलाई मध्यनजर गर्दै अन्तिम समयमा गर्नुपर्ने राजनीतिक संवाद र सहमतिका कारणले  यस प्रक्रियामा कुनै कमीकमजोरीहरू देखिएमा सच्याउन पाइने समयको सदुपयोग गरिने कुरामा सहमत हुँदै सूची पेश भएको स्पष्ट गरेको छ ।

रास्वपाले उक्त बन्दसूचीमा रहेका त्रुटिहरु सच्याउन निर्वाचन आयोगद्वारा दिइएको समयसीमाभित्र पार्टीले कुनै त्रुटि देखिएमा सुधार गरी समयमै पेश गर्ने जानकारी गराएको छ । 

रास्वपाले आयोगमा बुझाएको समानुपातिक सुचीमा नेपोकिड्सलाई सामेल गरेको, नातावाद र नेताहरुको वरिपरी रहेकालाई अवसर दिइएको तथा पार्टीले गरेको प्राइमरी निर्वाचनको बेवास्ता गरिएको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै