• २०८३ जेठ ११ सोमबार

साफ महिला क्लब च्याम्पियनसिप: आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

साफ महिला क्लब च्याम्पियनसिप: आज फाइनलमा एपीएफ र इस्ट बङ्गाल भिड्दै

काठमाडौँ । आज साफ महिला क्लब च्याम्पियनसिपको फाइनल हुदैछ । 

फाइनलमा नेपालको एपीएफ क्लब र भारतको इस्ट बङ्गाल भिड्दैछन् । फाइनल खेल नेपाली समय अनुसार साँझ ५ बजेदेखि दशरथ रंगशालामा हुदैछ ।

यसअघि खेलिएका लिग चरणका खेलमा एपीएफ र इस्ट बङ्गाल दुवै अपराजित रहेका छन् । इस्ट बङ्गालले ४ खेलमा ३ जित र एक बराबरी खेल्दै १० अंक हासिल गरेको थियो भने एपीएफले ४ खेलमा २ जित र बराबरी खेल्दै ८ अंक हासिल गरेको थियो । यस अघि लिग चरणमा भएको दुवैबीचको खेल गोलरहित बराबरीमा सकिएको थियो । यो साफ महिला क्लब च्याम्पियनसिपको पहिलो संस्करण हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै