• २०८३ कार्तिक ८ शनिबार

क्यालिफोर्निया जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु

क्यालिफोर्निया जन्मदिनको पार्टीमा गोली चल्यो, चार जनाको मृत्यु

काठमाडौँ । अमेरिकाको क्यालिफोर्नियामा गोली चल्दा कम्तिमा चार जनाको मृत्यु भएको छ ।

सीएनएनका अनुसार एक बच्चाको जन्मदिनको पार्टीमा भएको गोलीबारीमा चार जनाको मृत्यु भएको छ १० जना घाइते भएका छन् । शनिबार साँझ क्यालिफोर्नियाको स्टकटनमा रहेको एक रेस्टुरेन्टमा सो घटना भएको बताइएको छ ।

गोली चलाउनुको कारण र गोली चलाउने व्यक्तिको पहिचान अज्ञात रहेको छ।

अधिकारीहरूका अनुसार, कुल १४ जनालाई गोली लागेको थियो, जसमध्ये चार जनाको अस्पतालमा मृत्यु भयो । घाइतेहरूलाई तुरुन्तै नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । घटनास्थलमा उपस्थित मानिसहरूले सुरुमा जन्मदिनको पार्टीमा पटाका पड्किएको ठानेको तर पछि मात्र गोली चलेको महसुस गरेको बताएका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै