• २०८२ मङ्सिर ४ बिहीबार

बाराको सिमरामा आजपनि कर्फ्यु

kharibot

बारा । बाराको सिमरा विमानस्थल आसपासको क्षेत्रमा आज पनि कर्फ्यू आदेश जारी गरिएको छ ।

आज दिउँसो १ बजेदेखि बेलुका ८ बजेसम्मलाई कर्फयू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय बाराले जानकारी दिएको छ ।

आज विरगंज-पथलैया सडकको पथलैया चोक  दक्षिणदेखि जीतपुर लल्का पुलसम्म राजमार्गको दायाबायाँ ५०० मिटरसम्म र सिमरा विमानस्थलको वरिपरी ५०० मिटरसम्म कर्फु लगाइएको छ । 

बुधबार एमाले नेता महेश बस्नेत आउने सूचनापछि विमानस्थल क्षेत्रमा जेनजी युवाहरूले विरोध प्रदर्शन गरेपछि स्थिति तनावपूर्ण बनेको थियो । अवस्था थप तनावग्रस्त हुने भएपछि प्रशासनले गएराती ८ बजेसम्म कर्फ्यू जारी गरेको थियो । 

विहिबार बिहानै देखि युवाहरु प्रदर्शनमा निस्किएपछि प्रशासनले आजपनि कर्फ्यु लगाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै