• २०८२ मङ्सिर ४ बिहीबार

सिमरा आजपनि अशान्त, युवाहरुको प्रदर्शन जारी

kharibot

बारा । बाराको सिमरा आजपनि अशान्त देखिएको छ ।

नेकपा एमालेका कार्यकर्ता र जेनजी समूहका युवा बीच बुधबार भएको झडपका कारण अशान्त बनेको सिमरामा विहिबार युवाहरु निस्किएका छन् ।

बुधबार जेनजी युवाहरुमाथि एमाले कार्यकर्ताले आक्रमण गरेको भन्दै उनीहरुले कारवाहीको माग गर्दै विहिबार पनि प्रदर्शन जारी राखेका हुन् ।

प्रहरी प्रशासन र युवाहरुबीच बुधबार बेलुका भएको सहमति पश्चात सडक सञ्चालमा आए पनि आज बिहानैबाट सो क्षेत्रको वातावरण अशान्त बन्दै गएको छ ।

बुधबार एमाले नेता महासह्चिव शंकर पोखरेल र महेश बस्नेतलाई रोक्न भन्दै जेनजी युवाहरुले सिमरा विमानस्थल बाहिर अवरोध गरेपछि दुइपक्षीय भिडन्त भएको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै