• २०८१ बैशाख २३ आइतबार

महाकाली नदीमा पानीको बहाव बढ्यो, वनबासा पुलमा चारपाङ्ग्रे सवारीसाधान रोक

kharibot

फाइल तस्बीर

कञ्चनपुर। महाकाली नदीमा पानीको बहाव बढेपछि नेपाल भारत सीमास्थित वनबसा पुलमा चारपाङ्ग्रे सवारीसाधनको सञ्चालनमा रोक लगाइएको छ । 

जिल्ला आपतकालीन कार्यसञ्चालन केन्द्र महेन्द्रनगरका अनुसार महाकाली नदीको बहाव एक लाख २३ हजार क्युसेक पुगेको छ । 

नदीमा पानीको बहाव एक लाखभन्दा बढी क्युसेक पुगेपछि पुलमा चारपाङ्ग्रे सवारीसाधानको सञ्चालनमा रोक लगाइने गरिएको छ । पैदलयात्रु, साइकल, मोटरसाइकल सवारीका लागि भने पुल खुला रहेको छ । 

दार्चुलाको दत्तुमा महाकाली नदीको बहाव तीन मिटर ६९ सेन्टिमिटर रहेको छ । अझै नदीमा पानी बढनसक्ने सम्भावना देखिएको कार्य सञ्चालन केन्द्रले जनाएको छ । ६ मिटर माथिको बहावलाई खतरा मानिन्छ । डडेल्धुराको परिगाँउमा महाकाली नदीको बहाव चार मिटर ८८ सेन्टिमिटर छ ।  

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै