• २०८२ मङ्सिर १ सोमबार

फ्रान्स फिफा विश्वकपमा छनौट

kharibot

काठमाडौँ । फ्रान्स फिफा विश्वकपमा छनौट भएको छ ।

युरोपको छनौट अन्तर्गत गएराती सम्पन्न खेलमा फ्रान्सले युक्रेनलाई ४-० गोल अन्तरले पराजित गरेसँगै फ्रान्स २०२६ को विश्वकपका लागि छनौट भएको हो ।

फ्रान्सको जितमा किलीयन एम्बाप्पेले २ गोल गरे भने माइकल ओलीस र हुगो एकिटिकले एक एक गोल गरेका थिए ।

समुह डी मा रहेको फ्रान्सको यो जित पछि ५ खेलमा १३ अंक भएको छ र समुहमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै युक्रेनको भने ५ खेलमा ७ अंक रहेको छ र समुहमा तेस्रो स्थानमा रहेको छ ।

फ्रान्सले अब अर्को खेल नोभेम्बर १६ मा अजरबैजानसँग खेल्ने तालिका रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै