• २०८२ कार्तिक २६ बुधबार

गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने

kharibot

बुटवल । गोरुसिंगे-सन्धिखर्क सडक दैनिक छ घण्टा बन्द हुने भएको छ ।  गोरुसिंगे सन्धिखर्क सडकअन्तर्गत शितगंगा नगरपालिकामा पर्ने ठाडादेखि घुम्ती सडक खण्डमा मर्मत एवं स्तरोन्नतिको लागि दैनिक ६ घण्टा सडक बन्द हुने जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले जानकारी दिएको छ । 

जिल्लाको सर्वपक्षीय बैठकको निर्णयअनुसार आज देखि मंसिर १० गतेसम्म दैनिक बिहान १० बजेदेखि दिनको ४ बजेसम्म सडक बन्द गरी सडक मर्मत तथा स्तरोन्नतिको कार्य गरिने निर्णय भएको हो । पूर्वपश्चिम राजमार्गको गोरुसिंगेबाट सदरमुकाम सन्धिखर्कसम्म सडकको लम्बाइ दूरी ६८ किलो मिटर र चौडाइ केही ठाउँमा सात मिटर र केही स्थानमा पाँच मिटर रहेको छ । 

जिल्ला प्रशासन कार्यालयले भनेको छ: 

सन्धिखर्क-गोरुसिङ्गे सडक खण्ड अन्तर्गत शितगंगा नगरपालिकामा पर्ने (नरपानी-सितापुर- ठाडासम्म) को सडक मर्मत तथा स्तरोन्नतीको लागि पाभेर मेशिन प्रयोग गरी कालोपत्रे गर्नु पर्ने भएकोले निर्माण कार्यको गुणस्तरीयता सुनिश्चित गर्न र निर्माण कार्यलाई तिव्रता दिनको लागि उक्त सडकखण्ड मिति कार्तिक २६ गतेदेखि मङ्सिर १० गते बुधबार बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म केही समयका लागि (बिचबिचमा लटका रुपमा छोडी सुचारु हुने) सडक अवरुद्ध गर्नुपर्ने व्यहोरा सम्बन्धित सरोकारवाला निकाय/अधिकारीहरुसँगको बैठकपछिको निर्णयानुसार सम्बन्धित सबैको जानकारीका लागि यो सार्वजनिक सूचना प्रकाशन गरिएको छ । उक्त सडक प्रयोग यात्रा गर्नुहुने यात्रु महानुभावले यस बमोजिम मनस्थिति (धारणा) बनाई यात्रा गर्नुहुन अनुरोध गर्दछौं । साथै यसबाट यात्रु महानुभावहरुमा पर्न गएको असुविधा प्रति क्षमाप्रार्थी छौं ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै