• २०८२ कार्तिक २६ बुधबार

भारतीय कम्पनिले अब रुसबाट तेल नकिन्ने, दिन छोडे अर्डर

kharibot

काठमाडौँ । भारतले रूसबाट कच्चा तेल खरिदमा उल्लेखनीय कटौती गरेको छ । ब्लूमबर्गको रिपोर्ट अनुसार, भारतका पाँच प्रमुख रिफाइनरहरूले डिसेम्बरको लागि कुनै पनि नयाँ अर्डर गरेका छैनन् ।

यो निर्णय अमेरिकी प्रतिबन्धहरू र जारी भारत-अमेरिका व्यापार वार्ताको बीचमा आएको हो । अगस्टमा, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रूसी तेल खरिद गर्दा भारतमा ५० प्रतिशत कर लगाएका थिए । उनले पछि रूसको सरकारी स्वामित्वमा रहेका तेल कम्पनीहरू, रोसनेफ्ट र लुकोइलसँगका सबै लेनदेनहरूमा प्रतिबन्ध लगाए । यी प्रतिबन्धहरू नोभेम्बर २१ देखि लागू भएका छन् ।

रिलायन्स इन्डस्ट्रीज, भारत पेट्रोलियम, हिन्दुस्तान पेट्रोलियम, मंगलोर रिफाइनरी, र एचपीसीएल-मित्तल इनर्जीले डिसेम्बरको लागि रूससँग कुनै पनि नयाँ अर्डर नदिएको बताइएको छ । यी कम्पनीहरूले यस वर्ष अहिलेसम्म भारतको रूसी आयातको दुई तिहाइ हिस्सा ओगटेका छन् । डिसेम्बरको लागि रूसी तेल खरिद गर्ने इन्डियन आयल कर्पोरेशन (आईओसी) र नायरा इनर्जी मात्र रहेका छन् । इण्डियन आयलले गैर-प्रतिबन्धित आपूर्तिकर्ताहरूबाट रुसी तेल खरिद गरिरहेको छ भने नायरा, जसमा रूसको रोसनेफ्टको ४९ प्रतिशत हिस्सा छ, उ पूर्ण रूपमा रूसी आपूर्तिमा निर्भर छ ।

यस वर्ष भारतको तेल आपूर्तिको लगभग ३६ प्रतिशत रूसले ओगटेको छ, तर रिफाइनरीहरूले अब विकल्पहरू खोजिरहेका छन् । इण्डियन आयलले जनवरी-मार्चको लागि अमेरिका र अन्य क्षेत्रहरूबाट २ करोड ४० लाख ब्यारेल तेल खरिद गर्न बोली लगाएको छ । हिन्दुस्तान पेट्रोलियमले जनवरीको लागि अमेरिका र पश्चिम एसियाबाट ४० लाख ब्यारेल तेल खरिद गरेको छ । त्यस्तै साउदी अरामको र अबु धाबी राष्ट्रिय तेल कम्पनीले भारतीय अधिकारीहरूसँग भेटेर निरन्तर आपूर्तिको आश्वासन दिएका छन् ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र अमेरिका नयाँ व्यापार सम्झौतालाई अन्तिम रूप दिने नजिक रहेको दाबि गरेका छन् । भारतमा कर घटाउने प्रश्नमा, ट्रम्पले रूसी तेल खरिद गरेको कारण भारतमा उच्च कर लगाइएको थियो, तर अब भारतले रूसी तेलको खरिदलाई उल्लेखनीय रूपमा घटाएको छ, त्यसैले कर घटाउने ट्रम्पको भनाई छ ।

ट्रम्पले अहिलेसम्म भारतमाथि कुल ५० प्रतिशत कर लगाएका छन् । यसमा २५ प्रतिशत पारस्परिक कर र रूसबाट तेल खरिद गरेबापत २५ प्रतिशत जरिवाना समावेश छ । पारस्परिक कर अगस्ट ७ मा लागू भएको थियो भने जरिवाना अगस्ट २७ देखि लागू भएको थियो । अमेरिकाले रूसलाई दबाब दिन भारतमाथि आर्थिक प्रतिबन्ध लगाएको बताउदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै