• २०८२ कार्तिक २६ बुधबार

विहारको एक्जिट पोल: एनडीएलाई स्पष्ट बहुमत, प्रशान्त किशोरको प्रभाव देखिएन

kharibot

काठमाडौँ । भारतको बिहार चुनावको एक्जिट पोलले भारतीय जनता पार्टी नेतृत्वको एनडीएलाई बहुत्मत आउने संकेत दिएको छ ।

१३ एजेन्सीहरूको सर्वेक्षणले एनडीएलाई १५४ सिटको जितको भविष्यवाणी गरेको छ । त्यस्तै महागठबन्धनले औसतमा ८४ सिट जित्ने अनुमान गरिएको छ भने अन्यले ५ सिट जित्न सक्ने अनुमान गरिएको छ ।

पहिलो पटक चुनाव लडिरहेको प्रशान्त किशोरको जन सुरज पार्टीले यस चुनावमा कुनै प्रभाव पार्न नसकेको एक्जिट पोलले देखाएको छ । यसले ३-५ सिट जित्ने अनुमान गरिएको छ । गत चुनावमा एनडीएले १२५, महागठबन्धनले ११० र अन्यले ८ सिट जितेका थिए । यसको अर्थ एनडीएले यस पटक लगभग २९ सिट बढी जित्ने अनुमान गरिएको छ भने महागठबन्धनले २८ सिट गुमाउने अनुमान गरिएको छ ।

राज्यमा २४३ सिटका लागि दुई चरणमा चुनाव भएको थियो । पहिलो चरणमा १२१ सिटका लागि ६५ प्रतिशत मतदाता मतदान भएको थियो भने दोस्रो चरणमा रेकर्ड ६७ प्रतिशत मत देखिएको थियो । नतिजा नोभेम्बर १४ मा घोषणा गरिनेछ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै