• २०८२ कार्तिक २५ मंगलबार

मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्ण नियुक्त, पद तथा गोपनियताको लिए शपथ

kharibot

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मधेश प्रदेश प्रमुखमा सुरेन्द्र लाभ कर्णलाई नियुक्त गरेका छन् । सरकारको सिफारीस अनुसार राष्ट्रपति पौडेलले कर्णलाई संविधानको धारा १६३ को उपधारा (२) बमोजिम कर्ण मधेश प्रदेशको प्रदेश प्रमुखमा नियुक्त गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

लाभलाई राष्ट्रपति पौडेलले आजै पद तथा गोपनियताको शपथ समेत गराएका छन् । शपथ कार्यक्रममा उपराष्ट्रपति, प्रधानमन्त्रीलगायतका विशिष्ट व्यक्तिहरुको उपस्थिति रहेको थियो ।  

कर्णलाई राजनीतिक विश्लेषक र मधेश मामिलाका जानकार मानिन्छ । उनले अर्थशास्त्रमा पीएचडी गरेका छन् । उनी २०७८ सालमा राष्ट्रिय योजना आयोगका सदस्यसमेत भएका थिए । सरकारले सोमबार मधेश प्रदेशकी प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीलाई पदमुक्त गरेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै