• २०८२ कार्तिक २५ मंगलबार

अभिनेता धर्मेन्द्रको निधनको खबरको पत्नी हेमा मालिनी र छोरी इशाले गरे खण्डन

kharibot

काठमाडौँ । बलिवुड अभिनेता धर्मेन्द्रको मृत्यु भएको खबरको उनकी पत्नी तथा अभिनेत्री हेमालिनी र छोरी इशा देओलले खण्डन गरेका छन् ।

भारतीय मिडियाहरुले धर्मेन्द्रको टिमलाई उधृत गर्दै धर्मेन्द्रको निधन भएको समाचार प्रशारण प्रकाशन गरेका थिए ।   

धर्मेन्द्रको स्वास्थ्य खराब भएपछि मुम्बईस्थित ब्रिच क्यान्डी अस्पतालमा सोमबारदेखि भर्ना गरिएको छ । उनको आइसियुमा उपचार भइरहेको छ ।

समाचारको खण्डन गर्दै छोरी इशाले भनेकी छन्: 

मिडिया अत्यधिक सक्रिय भएको छ र गलत समाचार फैलाइरहेको छ । मेरो बुबा स्थिर हुनुहुन्छ र निको भइरहनुभएको छ । म सबैलाई हाम्रो परिवारलाई केही गोपनीयता दिन अनुरोध गर्दछु । बुबाको शीघ्र स्वास्थ्यलाभको लागि प्रार्थना गर्नुभएकोमा धन्यवाद ।'

त्यस्तै हेमा मालिनीले मिडिया च्यानलहरूलाई हप्काउदै भनेकी छन्: 

जे भइरहेको छ त्यो अक्षम्य छ । जिम्मेवार च्यानलहरूले उपचारमा प्रतिक्रिया दिइरहेको र निको भइरहने पुरुषको बारेमा कसरी गलत समाचार फैलाउन सक्छन् ? यो अत्यन्तै अनादरपूर्ण र गैरजिम्मेवारपूर्ण छ । कृपया परिवार र उनीहरूको गोपनीयताको आवश्यकताको सम्मान गर्नुहोस् ।'

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै