• २०८३ जेठ ९ शनिबार

काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बन्यो नेपाल

काठमाडौं । नेपालले काभा महिला यू-१९ च्याम्पियनसिपमा उपविजेता बनेको छ । 

श्रीलंकामा आइतबार भएको फाइनल खेलमा नेपाल किर्गिस्तानसँग पाँच सेटमा ३-२ ले पराजित भएपछि उपविजेता बनेको हो । 

खेलको पहिलो सेट २५-२२ ले जितेको नेपाली टिम  दोस्रो सेटमा २५-२० को पराजित भएको थियो ।  त्यस्तै तेस्रो सेटमा नेपाल २५-२१ ले पराजित भयो भने चौथो सेटमा नेपालले कमब्याक गर्दौ २५-१३ को जित हासिल गरेको थियो ।

पाँचौ तथा अन्तिम सेटमा नेपाल १५-११ को पराजित भएको थियो र नेपालले रजत पदकमा चित्त बुझायो । गत वर्षको च्याम्पियनसिपमा नेपालले कास्य पदक जितेको थियो ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै