• २०८२ कार्तिक २५ मंगलबार

खेलाडीबाट एन्फा कार्यालय घेराउ

kharibot

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को बर्षको पुसमा ए डिभिजन लिग गर्ने भन्दै मिति सार्बजनिक गरेपछि खेलाडी आन्दोलित भएका छन् ।

विहिबार नेपाल खेलाडी संघको आव्हानमा राष्ट्रिय फुटबल टिमका खेलाडीले एन्फाको सातदोबाटोस्थित कार्यालय घेराउ गरेका छन् ।

खेलाडीले गेटमा धर्ना दिएपछि एन्फाका प्रवक्ता सुरेश शाहले खेलाडीलाई वार्ताको लागि बोलाएका छन् । तर प्रवक्ता शाहलाई खेलाडीहरुले एन्फाका पदाधिकारीलाई बोलाउन आग्रह गरेपछि अहिले पनि खेलाडीहरु एन्फाको गेटमा धर्ना जारी राखेका छन् ।

यस अघि एन्फाले २०८३ को पुस ९ गतेबाट राष्ट्रिय लिग हुने निर्णय सार्बजनिक गरेपछि खेलाडीहरु आक्रोशित बनेका छन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै