• २०८२ कार्तिक २१ शुक्रबार

फिलिपिन्समा कालमेगी आँधीबाट मृत्यु हुनेको संख्या ८५ पुग्यो

kharibot

काठमाडौँ । फिलिपिन्समा कालमेगी आँधीका कारण कम्तिमा ८५ जनाको मृत्यु भएको छ । अधिकारीहरूले कालमेगी यस वर्ष मध्य फिलिपिन्समा आएको सबैभन्दा शक्तिशाली आँधीमध्ये एक भएको बताएका छन् ।

यसले लाखौं मानिसहरूलाई आफ्नो घर छोड्न बाध्य पारेको छ । कालमेगी आँधीले फिलिपिन्समा विनाश मच्चाएको छ ।

कालमेगी आँधीले सबैभन्दा बढी जनसंख्या भएको मध्य टापु सेबुका शहरहरूलाई डुबानमा पारेको छ, जसमा कम्तिमा ४९ जनाको मृत्यु भएको छ । अधिकारीहरूले ७५ जना बेपत्ता छन् र १७ जना घाइते छन् । मृत्यु हुनेको संख्या बढ्ने आशंका गरिएको छ ।

कालमेगी आँधीले ठूलो क्षेत्र डुबानमा पारेको छ । सबैभन्दा धेरै विनाश घना जनसंख्या भएको मध्य टापु सेबुमा सबैभन्दा धेरै मृत्यु भएको छ । धेरै मानिसहरूले घरको छतमा आश्रय लिइरहेका छन् भने कार र ढुवानी कन्टेनरहरू सडकमा तैरिरहेको देखिएको छ ।

त्यस्तै राहत प्रयासमा सहयोग गर्ने क्रममा दुर्घटनामा परेर सैन्य हेलिकप्टरमा रहेका छ जना चालक दलका सदस्यहरूको मृत्यु भएको छ । सेबुको दक्षिणमा रहेको मिन्डानाओ टापुमा हेलिकप्टर दुर्घटनाग्रस्त भयो । फिलिपिन्सले प्रत्येक वर्ष औसत २० आँधीको अनुभव गर्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै