• २०८२ कार्तिक २१ शुक्रबार

साइतेजा र मिलिन्दकुमारको शतकमा अमेरिकाले युएईलाई दियो २९३ रनको लक्ष्य

kharibot

काठमाडौँ । अमेरिकाले युएईलाई २९३ रनको लक्ष्य दिएको छ । आइसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलमा टस हारेर पहिला ब्याटिंग गरेको अमेरिकाले ५० ओभरमा ३ विकेट गुमाउदै २९२ रन बनाएको हो ।

अमेरिकाका लागि साइतेजा मुक्कामल्ला र मिलिन्द कुमारले शतकीय पारी खेलेका थिए । साइतेजाले अविजित १३७ रन बनाए भने मिलिन्द कुमारले अविजित १२३ रन बनाएका थिए ।

केवल २८ रनमा शुरुवाती ३ विकेट गुमाएको अमेरिकाका लागि साइतेजा र मिलिन्द कुमारले चौथो विकेटका लागि २६४ रनको साझेदारी गरेका थिए ।

त्यस्तै युएईका बलर जुनैद सिद्धिकीले २ विकेट लिए भने मुहमद रोहिदले एक विकेट लिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै