• २०८२ कार्तिक २६ बुधबार

महेश बस्नेतको टिप्पणी- बालेनले अब जनता झुक्काउने दिन सकिए !

kharibot

काठमाडौँ । नेकपा एमालेका नेता महेश बस्नेतले काठमाडौँ महानगरका मेयर बालेन शाहको गएरातीको विवादस्पद स्ट्याटसप्रति टिप्पणी गर्दै बालेनको अब जनता झुकाउने दिन सकिएको बताएका छन् ।

नेता बस्नेतले हिजो राति बालेन शाहले लेखेर तुरुन्तै हटाएको स्टाटसले उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको टिप्पणी गरेका छन् ।

महेश बस्नेतले भनेका छन्: 

तीन वर्ष अगाडि जब मैले बालेन शाहको हैसियत र यथार्थको बारेमा  टिप्पणी गरेको थिएँ, त्यतिबेला मलाई गाली गर्ने धेरै साथीहरूले अहिले आएर भन्छन् 'तपाईं ठिक हुनुहुँदो रहेछ, हामी नै गलत रहेछौँ ।' हिजो राति बालेन शाहले  लेखेर तुरुन्तै हटाएको स्टाटसले त उनी वास्तवमै कस्ता स्तरका हुन् भन्ने कुरा स्पष्ट रूपमा बाहिर आएको छ । भन्ने गरिन्छ थोरै मान्छेलाई धेरै समयसम्म झुक्काउन सकिन्छ, धेरै मान्छेलाई थोरै समयका लागि झुक्काउन सकिन्छ, तर सबैलाई सधैं झुक्काउन सकिँदैन । बालेन शाहले अब जनता झुक्काउने दिन सकिएका छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै