काठमाडौँ । शिक्षामन्त्री महावीर पुनले आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका छन् ।
सामाजिक सञ्जालमा लेख्दै मन्त्री पुनले आफु युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत नगएको उल्लेख गर्दै आफुलाई उद्घाटन-शिलन्याससहितका प्रमुख अतिथि हुने जस्ता कुनै पनि कार्यक्रममा निमन्त्रणा नगर्न आग्रह गरेका हुन् ।
उनले जानै पर्ने र नगई नहुने मिटिङहरुमा मात्र केहि मन्त्रीहरु बिदेश गएको उल्लेख गर्दै बिदेश घुम्यो भनेर हल्ला नगर्न आग्रह समेत गरेका छन् ।
उनले भनेका छन्-
सुचनाः कृपया कसैले पनि र कहिंबाट पनि हालको म मन्त्रीलाई उद्घाटन / शिलन्यास कार्यक्रम, प्रमुख अतिथी हुने जस्ता कुनै पनि औपचारिक कार्यक्रमहरुमा निमन्त्रणा गर्दै नगर्नु होला । म युनेस्को महासभाको उज्वेकिस्तानमा हुने साधारण सभा र ब्रिटिश काउन्सीलले नाईजेरियामा आयोजना गरेको कन्फ्रेन्समा समेत गईन र जाँदैन । जानै पर्ने र नगई नहुने मिटीङहरुमा मात्र केहि मन्त्रीज्यूहरु बिदेश जानु भएको हो । बिदेश घुम्यो भनेर हल्ला नगर्नु होला ।









