• २०८२ कार्तिक १६ आइतबार

काभा भलिबलमा नेपाल अफगानिस्तानसँग सोझो सेटमा पराजित

kharibot

काठमाडौं । नेपाल बंगलादेशको मिरपुरमा जारी काभा पुरूष नेसन्स भलिबल कपअन्तर्गतको खेलमा अफगानिस्तानसँग पराजित भएको छ ।

आइतबार सम्पन्न खेलमा नेपाल सोझो सेटमा ३-० ले पराजित भएको हो ।

नेपाल पहिलो सेटमा २५-१८, दोस्रो सेटमा २५-१४ र तेस्रो सेटमा २५-२१ ले पराजित भएको थियो । यो नेपालको चौथो खेलमा तेस्रो हार हो ।      

नेपालले यसअघि खेलेका तीन खेलमा एक जित र २ हार बेहोरेको थियो । नेपालले यसअघि तुर्किमेनिस्तान र बंगलादेशसँग लगातार हार बेहोरेपछि तेस्रो खेलमा माल्दिभ्सलाई पराजित गरेको थियो । नेपालले अब अर्को खेल अक्टोबर २७ सम्म श्रीलंकासँग खेल्ने तालिका रहेको छ । प्रतियोगितामा नेपालसहित ६ देशको सहभागिता रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै