• २०८३ बैशाख २६ शनिबार

मन्त्री बन्न लागेका खगेन्द्र सुनार काँग्रेसको महाधिवेशन प्रतिनिधि !

मन्त्री बन्न लागेका खगेन्द्र सुनार काँग्रेसको महाधिवेशन प्रतिनिधि !

काठमाडौँ । श्रम मन्त्रीमा सिफारिस गरेका खगेन्द्र सुनार नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि रहेको खुलेको छ । २०७८ मंसिरमा भएको १४औं महाधिवेशनका लागि सुनार दैलेख- १ बाट महाधिवेशन प्रतिनिधि बनेको खुलेको हो ।

त्यसबेला खुलातर्फ उम्मेदवार बनेर उनले ३४९ मत ल्याएर महाधिवेशन प्रतिनिधि जितेका थिए । उनी अहिले पनि कांग्रेसको महाधिवेशन प्रतिनिधि कायम रहेका छन्  ।

मन्त्रीको शपथ लिनु अघि सुनार विभिन्न तीन अदालतमा मुद्दा चलिरहेका, पक्राउ पुर्जी जारी भएका र उनले महिला विरुद्ध अभद्र टिप्पणी गरेका विषय बाहिर आएका छन् । सुनार बारे विभिन्न विवादित विषय बाहिर आएपछि प्रधानमन्त्री सुशिला कार्की उनलाई मन्त्रीको शपथ खुवाउने या नखुवाउने भन्ने विषयमा छलफलमा रहेको बताइएको छ ।

सुनारविरूद्ध सर्वोच्च अदालतसहित सुर्खेत र काभ्रे जिल्ला अदालतमा विभिन्न अभियोगमा मुद्दा चलिरहेको तथ्य बाहिर आएको छ ।

सुनारविरुद्ध सर्वोच्च अदालतमा मानहानी मुद्धा रहेको छ भने सुर्खेत जिल्ला अदालतमा उनीविरूद्ध मेहेलकुना अस्पतालका प्रमुख डा. सोजन सापकोटामाथि हातपात र स्वास्थ्य संस्था तोडफोडको मुद्दा छ ।  त्यस्तै उनीविरुद्ध काभ्रे जिल्ला अदालतमा विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा रहेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै