• २०८३ बैशाख ७ सोमबार

गृहमन्त्री अर्याल भन्छन्- पूर्वमन्त्री खड्का मेरो अन्तर्वार्ता छापिएपछि फर्किनुभयो

गृहमन्त्री अर्याल भन्छन्- पूर्वमन्त्री खड्का मेरो अन्तर्वार्ता छापिएपछि फर्किनुभयो

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले पूर्व ऊर्जामन्त्री दिपक खड्का जेनजी आन्दोलनपछि भारत गएर फर्किएको बताएका छन् ।

सोमबार विपिन जोशीको श्रद्धाञ्जली सभामा जानेक्रममा सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिदै गृहमन्त्री अर्यालले आफुले अन्तर्वार्ता दिँदाको अवस्थामा खड्का भारतमा रहेको र अहिले फर्किएको बताएका हुन् । उनले भने- 'मैले बोलेको दिन उहाँ कहाँ हुनुहुन्थ्यो । इन्टरभ्यु छापिएपछि आउनुभयो नि उहाँ त ।'

उनले संचारकर्मीलाई उहाँ कहाँ हुनुहुन्थ्यो सोध्नुस् न ? भन्दै प्रतिप्रश्न समेत गरेका थिए ।  खड्का जेनजी आन्दोलनपछि कहाँ थिए भन्ने कुरा उनी स्वयंले भनिसकेको भन्दै गृहमन्त्री अर्यालले भने- 'उहाँ आफैंले भन्नुभएको छ, उहाँ स्थल मार्गबाट इन्डिया गएको थिएँ भन्नुभएको छ । कहिले जानुभएको थियो ? उहाँलाई सोध्नु पर्‍यो ?'

यस अघि गृहमन्त्री अर्यालले दिएको एक अन्तर्वार्तामा खडका विदेश भागेको र अन्य नेताहरु पनि भाग्ने तयारीमा रहेको विवादस्पद अभिव्यक्ति दिएका थिए । गृहमन्त्रीको त्यस्तो अभिव्यक्ति आएको अर्को दिन पुर्व उर्जामन्त्री खड्का आज सोमबार बिहान बुढानिलकण्ठस्थित आगजनी भएको आफ्नै निवासमा सार्बजनिक भएका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै