• २०८२ कार्तिक २५ मंगलबार

पोखरा महानगरमा प्लाष्टिकका फूल बिक्री बितरण गर्न रोक

kharibot

पोखरा । पोखरा महानगरपालिकाले प्लाष्टिकका फूल-गुच्छा बिक्री बितरण गर्न रोक लगाएको छ ।

महानगरले आउँदै गरेको दिपावली (तिहार) पर्वमा सम्पूर्ण व्यवसायीहरूले प्लाष्टिकजन्य फूल-माला बिक्री-वितरण नगर्न, नगराउन र वातावरणमा नकारात्मक असर पार्ने निषेधित प्लाष्टिकजन्य फूलको प्रयोग नगरी स्थानीय फुल प्रयोग गर्न आग्रह गरेको हो ।

महानगरले वन तथा वातावरण मन्त्रालयले वातावरण संरक्षण ऐन, २०७६ को दफा १५ को उपदफा ६ अनुसार प्लाष्टिकजन्य फूल-गुच्छाको बिक्री, वितरण वा भण्डारण निषेध गरेको र सोही ऐनको अधिकार प्रयोग गरी यस्ता प्लाष्टिकजन्य फूल- गुच्छाको बिक्री-वितरणमा रोक लगाउने भनी मिति नेपाल राजपत्रमा प्रकाशित सूचना जारी गरिएकोले सो निर्णयको प्रभावकारी कार्यान्वयनका लागि, पोखरा महानगरले स्थानीय उत्पादन प्रवर्द्धन नीति अनुसार प्लाष्टिकजन्य फूल-माला बिक्री-वितरणमा रोक लगाएको जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै