• २०८३ बैशाख १७ बिहीबार

साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लोलाई प्रदान

साहित्यतर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लोलाई प्रदान

काठमाडौँ । यस वर्षको साहित्य तर्फको नोबेल पुरस्कार हंगेरीका लेखक लास्ज्लो क्रास्ज्नाहोर्काईलाई प्रदान गरिएको छ । 

विहिबार स्विडिश एकेडेमीले उनका कृतिहरू गहिरो प्रभावशाली र दूरदर्शी भएको बताउदै संसारमा विनाश र डरको बीचमा पनि उनले कलाको शक्ति प्रदर्शन गरेको बताएको छ ।

लास्ज्लो क्रास्ज्नाहोर्काईले गहिरो विचारोत्तेजक, उदास कथाहरू लेख्छन् । उनका पुस्तकहरू 'स्याटान्टाङ्गोस' र 'द मेलान्कोली अफ रेजिस्टेन्स' लाई फिल्ममा रूपान्तरण गरिएको छ ।

गत बर्ष साहित्यतर्फको नोबेल पुरस्कार दक्षिण कोरियाकी लेखिका हान काङलाई प्रदान गरिएको थियो ।  

विजेताले १ करोड १० लाख स्विडिश क्रोना, स्वर्ण पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । पुरस्कारहरू डिसेम्बर १० मा स्टकहोममा दिइने छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै