काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीका दिन आज पुरोहितद्वय अर्जुन अधिकारी र देवराज अर्यालबाट ११:५३ को शुभ साइतमा टीका लगाएका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा राष्ट्रपति पौडेलले टीका लगाएका राष्ट्रपति कार्यालयका सूचना अधिकारी अर्चना खड्काले जानकारी दिएकी छन् ।
जेनजी आन्दोलनका कारण देशमा असहज परिस्थिति रहेका कारण राष्ट्रपति पौडेलले यस बर्ष सर्वसाधारणलाई भने टीका लगाइदिएनन् ।









