• २०८२ कार्तिक २५ मंगलबार

मलेसिया जाने कराते टोलीको बिदाई

kharibot

काठमाडौँ । डब्लुकेएफ कराते वान सिरिज ‘ए’ मा सहभागी हुन नेपाली कराते टोली बुधबार मलेसियाको क्वालालम्पुर जाने भएको छ ।

मलेसिया कराते महासंघको आयोजनामा अक्टोबर ३ देखि ५ तारिखसम्म हुने प्रतियोगितामा ४ महिला खेलाडीले नेपालको चुनौती प्रस्तुत गर्नेछन् । एरिका गुरुङले ६८ केजीमाथि, वर्षा बुढामगर ५० केजीमुनि, सबिना श्रेष्ठले ५५ केजीमुनि र सानुमाया थिङले एकल कातामा प्रतिस्पर्धा गर्नेछन् ।

नेपाली टोलीको प्रशिक्षकमा कुशल श्रेष्ठ छन्। तारा गुरुङले निर्णायकको भूमिका निर्वाह गर्नेछिन् । 

मलेसिया जाने टिमलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङ टोलीलाई सफलताको शुभकामना दिँदै बिदाइ गरेका छन् । उक्त कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी संघका अध्यक्ष दीपक श्रेष्ठको पनि उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै