चितवन । मुग्लिन नारायणगढ सडक खण्डको तुईन खोला पुल नजिकै खसेको पहिरो पन्छाउने कार्य निरन्तर रूपमा अगाडि बढिरहेको छ ।
विहिबार बिहान साढे ५ बजेदेखि शुरु गरिएको पहिरो पन्छाउने कार्य अहिले पनि जारी रहेको छ । हाल पहिरो पन्छाउन नारायणघाट र मुग्लिन तर्फबाट ५ वटा उपकरण निरन्तर रूपमा परिचालन भैरहेको सडक डिभिजनकार्यालय भरतपुरले जनाएको छ ।
सडक आवागमन पुर्ण रूपमा सुचारू नहुन्जेलसम्म उक्त सडक प्रयोग गर्ने सम्पूर्ण सवारीधनी एवं यात्रुहरूलाई वैकल्पिक सडक प्रयोग गरेर सहयोग गर्न आग्रह गरेको छ । सडक डिभिजनले आज रातिसम्म पहिरो पन्छाएर सक्ने लक्ष्य राखेको छ ।









