• २०८३ असार १४ आइतबार

बिमा प्राधिकरणका अध्यक्ष ओझालाई कार्यालयमा हाजिर नगराउन अर्थ मन्त्रालयको निर्देशन

बिमा प्राधिकरणका अध्यक्ष ओझालाई कार्यालयमा हाजिर नगराउन अर्थ मन्त्रालयको निर्देशन

काठमाडौँ । अदालतको आदेशपछि कार्यालयमा हाजिर गर्न गएका नेपाल बिमा प्राधिकरणका अध्यक्ष शरद ओझालाई अर्थ मन्त्रालयले  कार्यालयमा हाजिर नगराउन निर्देशन दिएको छ ।

अर्थमन्त्रालयले ओझा प्राधिकरणमा गएर कामकाज गर्न थालेपछि उनलाई हाजिर नगराउन निर्देशन दिएको हो । 

अर्थ मन्त्रालयले ओझाले अदालतबाट अन्तरिम आदेश पाएको पत्र अर्थ मन्त्रालयलाई प्राप्त नभएकाले अर्को निर्णय नहुँदासम्मका लागि उनलाई प्राधिकरणमा हाजिर नगराउन लिखित पत्र लेखेरै निर्देशन दिएको हो ।

ओझालाई तत्कालिन केपी शर्मा ओली सरकारको भदौ २ गते बर्खास्त गरेको थियो । सो निर्णयविरुद्ध ओझा सर्वोच्च अदालत गएका ओझालाई भदौ २३ मा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । न्यायाधीश सारंगा सुवेदीको एकल इजलासले सरकारको निर्णयविरुद्ध अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सोही आदेशको पत्रसहित ओझाले मंगलबार प्राधिकरण पुगेर हाजिर गरेका थिए । बुधबार सार्वजनिक बिदा भएकाले विहिबार ओझाले प्राधिकरण पुगेर कम शुरु गरेपछि मन्त्रालयले उनलाई हाजिर नगराउन निर्देशन दिएको हो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै