• २०८३ बैशाख १९ शनिबार

दशैंमा भायानेटको उपहार र छुटैछुट

दशैंमा भायानेटको उपहार र छुटैछुट

काठमाडौँ । लोकप्रिय इन्टरनेट सेवा प्रदायक भायानेटले यस वर्षको दशैंलाई लक्षित गर्दै नयाँ तथा पुराना दुवै ग्राहकहरुका लागि आकर्षक अफर सार्वजनिक गरेको छ ।

प्रत्येक वर्ष दशैंमा विशेष योजना ल्याउने भायानेटले यसपटक अझै ठूलो अफर ल्याएको जनाएको छ।

यो दशैंमा भायानेटको नयाँ इन्टरनेट जडान गर्ने वा पुरानो इन्टरनेटको  नवीकरण गर्ने सबै ग्राहकले छुट र उपहार पाउनेछन्। यस अफर अन्तर्गत ३,००० पर्ने मेस राउटर ५०० छुटसहित २,५०० मा उपलब्ध हुनेछ । त्यस्तै १० हजार ७४९ पर्ने डूअल ब्याण्ड फोन जेडटिई नुबिया ए३६ छुटसहित ८ हजार २९९ मा पाइनेछ । साथै, ४३-इन्चको हिमस्टार स्मार्ट टिभी २७ हजार ९९९ मा किन्न सकिनेछ ।

यससँगै ८ हजार ४०० माथि इसेवा एप मार्फत भुक्तानी गर्ने ग्राहकले प्रोमोकोड भिया ३०० हालि ३०० क्यासब्याक पाउनेछन् । साथै, ग्राहकहरूले 'स्पिन द ह्वील' मा भाग लिएर थप उपहार जित्ने अवसर पनि पाउनेछन् । यस स्पिनमार्फत थप १२ महिना, २ महिना वा १ महिनासम्म निःशुल्क इन्टरनेट पाउन सकिन्छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै