काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले दुई संबैधानिक आयोगका सदस्यले दिएको राजीनामा स्वीकृत गरेका छन् ।
राष्ट्रपति पौडेलले मधेशी आयोगका सदस्य विजय कुमार गुप्ता र राष्ट्रिय मानव अधिकार आयोगका सदस्य डा. सूर्य प्रसाद ढुङ्गेलले दिएको राजीनामा स्वीकृत गरेका हुन् ।
राष्ट्रपतिको कार्यालयले नेपालको संविधानको धारा २४८ को उपधारा (५) को खण्ड (क) बमोजिम दुवै सदस्यले आफ्नो पदबाट दिएको राजीनामा राष्ट्रपतिले स्वीकृत गरेको जानकारी दिएको छ ।