• २०८२ कार्तिक २५ मंगलबार

म्यानचेस्टर डर्बीमा सिटी विजयी

kharibot

काठमाडौँ । इङलिश प्रिमियर लिग अन्तर्गतको म्यानचेस्टर डर्बी सिटीले जितेको छ ।

गएराती सम्पन्न म्यानचेस्टर डर्बीमा सिटीले युनाइटेडलाई ३-० गोल अन्तरले पराजित गरेको हो । म्यानचेस्टर सिटीको जितमा इर्लिंग हालाण्डले २ गोल गरे भने फिल फोडेनले एक गोल गरेका थिए ।

म्यानचेस्टर सिटीको यस सिजनमा यो दोस्रो जित हो । यो जितपछि म्यानचेस्टर सिटीको ४ खेलमा २ जित र २ हारसहित ६ अंक भएको छ र हाल आठौँ स्थानमा रहेको छ ।

त्यस्तै म्यानचेस्टर युनाइटेडको भने ४ खेलमा ४ अंक रहेको छ र हाल १४औं स्थानमा रहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै