• २०८२ कार्तिक २१ शुक्रबार

दमकमा आन्दोलन उग्र, नगरपालिकामा आगजनी

kharibot

झापा । प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर दमकमा प्रदर्शन उग्र बनेको छ । युवाहरूले  दमक नगरपालिकाको कार्यालयमा आगजनी गरेका छन् । 

आन्दोलन उग्र बनेसँगै उनीहरु दमक नगरपालिकामा रहेका गाडी र मोटरसाइकलमा आगजनी गरेका हुन् । 

सुरुमा प्रहरीले आन्दोलन रोक्न गोली र अश्रुग्यास प्रहार गरेको थियो । तर, भिड रोक्न नसकेपछि प्रहरी पछि हटेको थियो । प्रहरीको गोली लागेर एकजना घाइते भएका छन् । उनको दमक अस्पतालमा उपचार भइरहेको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै