• २०८२ चैत ३० सोमबार

सामाजिक सञ्जाल दर्ता हुने समय आज सकिदै, अहिलेसम्म कोहि आएनन् !

सामाजिक सञ्जाल दर्ता हुने समय आज सकिदै, अहिलेसम्म कोहि आएनन् !

काठमाडौँ । सरकारले सामाजिक सञ्जाल प्लेटफर्मलाई अनिवार्य रूपमा सूचीकृत हुन दिएको सात दिनको समयसिमा आज सकिदैछ ।

हालसम्म कुनै पनि सामाजिक सञ्जाल प्लेटफर्म दर्ता गर्न आएका छैनन् । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अधिकारीहरुले अहिलेसम्म कुनै पनि सामाजिक सञ्जाल कम्पनि दर्ता हुन नआएको र राति १२ बजेसम्म समय रहेकाले आउन सक्ने आशा खरीबोटसँगको कुराकानीमा व्यक्त गरे ।

सरकार मन्त्रिपरिषद्को बैठकबाटनै समयभित्र दर्ता नगर्ने सामाजिक सञ्जालहरूलाई निष्क्रिय गर्ने निर्णय गरिसकेको छ ।  मन्त्रालयले भदौ १२ मा सूचना जारी गर्दै नेपालमा सञ्चालित सबै सामाजिक सञ्जाललाई सात दिनभित्र सूचिकृत हुन निर्देशन दिएको थियो । सर्वोच्च अदालतको पूर्ण इजलासले दिएको निर्देशनात्मक आदेशको पालना गर्दै मन्त्रिपरिषद्को भदौ ९ को बैठकले सो सूचना जारी गरेको थियो ।

मन्त्रालयले यसअघि ४ पटक सूचना जारी गरेपनि सामाजिक सञ्जाल कम्पनिले दर्ता हुन इच्छा देखाएका थिएनन् । नेपालमा अहिलेसम्म टिकटक, भाइबर र बिटटक दर्ता भएका छन् भने फेसबुक, एक्स, युट्युब जस्ता ठुला प्लेटफर्म अहिलेसम्म दर्ता भएका छैनन् ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै