काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता डा. अरनिको पाँडेलाई जिल्ला अदालत काठमाडौंले धरौटीमा छोड्न आदेश दिएको छ ।
शुक्रबार न्यायाधीश ध्रुवराज कार्कीको इजलासले उनलाई २० हजार धरौटीमा छोड्न आदेश दिएको हो । प्रहरीले बयानका लागि पाँडेलाई शुक्रबार बिहान जिल्ला अदालत काठमाडौंमा उपस्थित गराएको थियो । पाँडेको बयान सकिएपछि थुकछेक बहस पछि अदालतले पाँडेलाई धरौटीमा छोड्न आदेश दिएको छ ।
उनीविरुद्ध विद्युतीय कारोबार ऐनअन्तर्गत मुद्दा दर्ता भएको थियो । बिहीबार जिल्ला अदालत काठमाडौंले उनीविरुद्धको कसुरमा अनुसन्धानका लागि चार दिनको म्याद दिएको थियो । पाँडेविरुद्ध एक महिलाले विद्युतीय कारोवार ऐनअन्तर्गतको कसुरमा ब्युरोमा उजुरी दिएपछि उनलाई हिरासतमा लिइएको थियो ।









