• २०८२ मङ्सिर १ सोमबार

दक्षिणी अफ्रिकी देश बोत्सवानामा स्वास्थ्य आपतकाल घोषणा

kharibot

काठमाडौँ । दक्षिणी अफ्रिकी देश बोत्सवानाले सार्वजनिक स्वास्थ्य आपतकाल घोषणा गरेको छ ।

बोत्सवानाले आवश्यक औषधि र चिकित्सा उपकरणको अभावको सामना गरेपछि देशमा स्वास्थ्य आपतकाल घोषणा गरेको बिबिसीले उल्लेख गरेको छ । राष्ट्रपति डुमा बोकोले टेलिभिजन सम्बोधन गर्दै देशमा स्वास्थ्य आपतकालको घोषणा गरेका हुन् ।

उनले आपूर्ति शृङ्खला ठीक गर्न सैन्य निगरानीसँग सम्बन्धित योजना प्रस्तुत गरेका छन्, जसको लागत करोडौं रहेको बताइएको छ ।

देशलाई सम्बोधन गर्दै राष्ट्रपतिले सरकारसँग पैसाको अभाव रहेको र देशमा औषधि र चिकित्सा सेवाहरूको लागि कठिन समय भएको बताएका छन् ।

अन्तर्राष्ट्रिय हीरा बजारमा आएको गिरावटले बोत्सवानाको अर्थतन्त्र नराम्ररी प्रभावित भएको बताइएको छ । बोत्सवाना विश्वको सबैभन्दा ठूलो हीरा उत्पादकहरू मध्ये एक हो ।

मिडिया रिपोर्टहरूका अनुसार, यसका कारण, २५ लाख जनसंख्या भएको बोत्सवानाको ठूलो हिस्सा बेरोजगारी र गरिबीसँग संघर्ष गरिरहेको छ ।

 

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै