हेवाखोलाको बाढीले डाईभर्सनमा क्षति, मेची राजमार्ग अवरुद्ध
एभरेष्ट न्यूज एजेन्सी
२०८२ श्रावण २८ बुधबार
पाँचथर । पाँचथरको हेवाखोलामा बाढी आउदा मेची राजमार्ग अवरुद्ध भएको छ ।
गएराती पाँचथरको फिदिम नगरपालिका-४ र हिलिहाँङ गाउँपालिका-७ को संगम स्थल हेवाखोलामा बाढी आई डाईभर्सनमा क्षति पुर्याउदा मेची राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ ।